राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

काठमाडौं : मध्यरातमा संविधानको चीरहरण गरेको प्रतिगामी कदमविरुद्ध प्रतीकात्मक विरोधस्वरुप राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिरमा गोबर छ्याप्‍ने नेपाल विद्यार्थी संघका एक नेतालाई प्रहरीले पक्राउ गरेको छ ।

मध्यबानेश्वरको पिपलबोटबाट नेविसंघका पूर्वकेन्द्रीय सदस्य नवराज त्रिपाठीलाई प्रहरीले पक्राउ गरेको हो ।  उनलाई हाल महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ । उनलाई रिहाइ गर्न नेविसंघले माग गरेको छ । नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल छैठौंले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्।

राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिरमा गोबर पोतेको आरोपमा नेविसंघका नेता पक्राउ

Share post:

Recent