चीनले अनुदान दिएको अक्सिजन सिलिन्डर, मन्त्रीको फोटो टाँसेर बाँडियो !

११ जेठ, काठमाडौं । नीला रंगका अक्सिजन सिलिण्डरमा वनमन्त्री प्रेम बहादुर आलेको फोटो टाँसेको तस्वीर अहिले सामाजिक सन्जालमा भाइरल भइरहेको छ ।

सोमबार हेलिकप्टर मार्फत गृह जिल्ला डोटी पुगेर मन्त्री आलेले जिल्ला अस्पताललाई हस्तान्तरण गरेका अक्सिजन सिलिन्डरमा ‘नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले ज्यूको व्यक्तिगत सहयोगबाट प्राप्त स्वास्थ्य सामग्री’ लेखिएको स्टिकर टाँसिएको छ ।

उनले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्टे«टर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत छन् ।

ती सिलिन्डरमै मन्त्री आलेले आफ्नो तस्विर राखेर गृहजिल्लामा प्रचार गरेको स्रोतले जनाएको छ । यद्धपी आलेले भने सोही सिलिन्डरहर आफ्नै खर्चमा किनेर डोटी अस्पतालमा सहयोग गरेको दाबी गरेका छन् ।

जनता कोरोना महामारीले मृत्युवरण गरिरहँदा अनुदानको सिलिन्डरमा समेत आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

चीनले अनुदान दिएको अक्सिजन सिलिन्डर, मन्त्रीको फोटो टाँसेर बाँडियो ! चीनले अनुदान दिएको अक्सिजन सिलिन्डर, मन्त्रीको फोटो टाँसेर बाँडियो !

Share post:

Recent