कोरोना बाट बच्न लगाइएको अनौठो सुनको मास्कले संसारको ध्यान खिच्यो

११ जेठ । यतिखेर कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै मास्कको नया नया ट्रेण्ड पनि चलिरहेको छ । भाइरस संक्रमणबाट बच्नका लागि भन्दै मानिसहरूले अनेकौं खालका अनौठा मास्कहरू समेत बनाउन थालेका छन् । भारतमा पनि यतिखेर कोभिड संक्रमण ब्याप्त भैरहेको छ !

यसैबीच भारतमा एक व्यक्तिले सुनको मास्क बनाएर लगाएका छन् । भारतको पुना भन्ने ठाउँका एक व्यक्तिले ५० ग्रामभन्दा बढी तौलको एक मास्क बनाएका छन् जसको मूल्य भने २ लाख ८९ हजार भारतीय रुपैयाँ रहेको छ । पुनामा बस्ने शंकर कुराडेले सो मास्क बनाएका हुन् । उनले बताएका छन्, मास्कमा साना साना प्वाल पनि बनाइएको छ, जसबाट स्वास प्रवाहका लागि भने समस्या हुँदैन ।

Share post:

Recent