घटस्थापनादेखि फिल्म हल खुल्ने

घटस्थापनाको दिन (असोज २१) देखि देशभरका फिल्म हल खुल्ने भएका छन् । अंग्रेजी फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ प्रदर्शन गर्दै देशभरका हल खुल्ने चलचित्र संघका महासचिव अशोक शर्माले बताए । ‘अंग्रेजी फिल्मबाट हलहरु खुल्ने छन् । अहिलेसम्म खासै नेपाली फिल्महरुको प्रदर्शन टुंगो लागिसकेको छैन । सोभित बस्नेतको फिल्म फूलपातीमा लाग्छ, ‘ उनले भने ।

स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै हल खोल्ने तयारी रहेको शर्माले बताए । उनका अनुसार हलमा दुई नेपाली फिल्म एकै मितिमा भिड्न पाउने छैनन् । निर्माता जोगाउनका लागि आफूहरुले हल खुलेको तीन महिनासम्म यो नियम लागू गर्ने समेत बताए । ‘अंग्रेजी र हिन्दी फिल्ममा त्यो नियम लागू हुन्न । तर नेपाली फिल्महरु एउटै मितिमा प्रदर्शन गर्न पाइने छैन । कम्तिमा २ हप्तासम्म एउटा नेपाली फिल्मले हलमा समय पाउने छ । त्यसपछि मात्र अर्को फिल्म प्रदर्शनमा ल्याउन सकिन्छ,’ शर्माले भने ।

यसअघि उपत्यकाभित्रको हलहरु खोल्न पाइने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको थियो । तर चलचित्र संघले नेपालभरको हल खोल्ने अनुमति नदिएको भन्दै पुन: बन्द गर्ने निर्णयमा पुगेको थियो ।

कोरोना महामारीबीच पनि हल खुलेको थियो तर निर्माताहरुले फिल्म प्रदर्शन नगर्दा हल बन्द भयो । निर्देशक बस्नेतले फूलपातीको दिनदेखि ‘डाँडाको बर पिपल’ प्रदर्शनमा ल्याउने घोषणा गरिसकेका छन् ।

Share post:

Recent