प्रदेश २ को मुख्यमन्त्रीको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रममा अनियमितता

प्रदेश २ सरकारले मुख्यमन्त्रीको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमका लागि सार्वजिक खरिद ऐन विपरीत साइकल खरिद गरेको छ ।खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदीय समितिले छानबिन गर्ने तयारी गरेको छ । प्रदेशका आठवटै जिल्लाका कक्षा आठमा अध्ययन गर्ने छात्रालाई वितरण गरी ४१,२६२ साइकल खरिदमा करिब २९ करोड खर्च गरेको छ । जसमध्ये २०७७ चैतमा ११ करोड १० लाख २९ हजार १८४ रुपैयाँमा खरिद गरेको १७,२६२ साइकलमा उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड नै उल्लेख छैन ।

काठमाडौंका साइनाे इन्टरनेशनल र म्याप हेलेक्सीले पनि आवेदन दिएकोमा कम रकम कबोल गरेको आधारमा वीरगंजको ओम सत्यसाईले ठेक्का पाएर प्रति साइकल भ्याट सहित ६ हजार ४३२ रुपैयाँका दरले आपूर्ति गरेको थियो । सार्वजनिक खरिद ऐन अनुसार टेन्डर आह्वान गर्दा सम्बिन्धत निकायले आफूलाई चाहिने सामानका मापदण्ड तोकेर स्पेसिफिकेसन तयार गर्छ । त्यसै अनुसार इच्छुक सप्लायर्स कम्पनीहरुले उक्त सामानको उत्पादक कम्पन्नी, मोडल, ब्रान्ड, मूल्य लगायत प्रस्ट खुलाएर आवेदन दिनुपर्छ भने ठेक्का पाउने सप्लायर्सले कम्पनी, मोडल, ब्रान्ड लगायत सबै खुल्ने गरी स्पेसिफिकेसन अनुसार सामान उपलब्ध गराउनुपर्छ ।

Share post:

Recent