बेलायतमा ‘कोदोको रक्सी’

बेलायतमा नेपाली ‘कोदोको रक्सी’को बिक्री सुरु भएको छ। नेपालबाट गइ स्थाइ बासिन्दा भएका बेलायतीले कोदो लिमिटेड कम्पनी स्थापना गरी रक्सीको ब्रान्डिङ गरेका हुन्।

कम्पनीको अनुसार विशुद्ध कोदोको रक्सीको मूल्य २६ पाउन्ड स्टर्लिङ अर्थात् एक बोटलको नेपाली रुपैयाँ ४१ सय ६५ रुपैयाँ छ। यो ७ सय मिलिलिटरको हुन्छ। त्यस्तै तीनपाने कोदोको रक्सीको १३ पाउन्ड स्टर्लिङ अर्थात् २ हजार ८० रुपैयाँ रहेको छ। यो चाहिँ २०० मिलिको हुन्छ। पियोर कोदोकोमा ४० र तीनपानेमा ६० प्रतिशत अल्कोहलको मात्रा हुन्छ।

म्यानेजिङ डाइरेक्टर जनक राई समेत जितेन्द्र चेम्जोङ, सुमन गुरुङ, आकाश सुनुवार लगायतका नेपालीले लगानी गरी ‘कोदोको रक्सी’ ल्याएका हुन्। ‘अहिले बेलायतमा २५.९९ पाउन्ड स्टर्लिङ रहेको छ’, राई भन्छन्, ‘२०२१ को डिसेम्बरसम्म नेपाल पुर्याउने लक्ष्य रहेको छ। नेपालमा मूल्य फरक पर्छ।’

कोदोको रक्सी भुटेको बंगुर मासुसँग खान सकिने कम्पनीले उल्लेख गरेको छ। त्यसबाहेक राँगाको सुकुटी, आलुदमसँग कोदोको रक्सी बढी स्वादिलो हुने भन्दै ब्रान्डिङ गरिरहेको छ। अमेरिकी केवल न्युज नेटवर्क (सीएनएन)ले नेपाली कोदोको रक्सीलाई विश्वको ५० अत्याधिक स्वादिलो रक्सीमध्ये एक हो भन्ने जनाएको छ।

Share post:

Recent