जि वि आग्रिको निर्देशनमा “एक्लो परान “गित सार्बजनिक

अमेरिकामा बस्ने समाजसेबी धनी बराईलीको जीवनमा आधारित सत्य यथार्थपरक अत्यन्तै मार्मिक, मर्मस्पर्शि एबं मन मुटु छुने गित सुबिन सेञ्चुरी र सरु गाैतमको आवाजमा “एक्लो परान”को म्युजिक भिडियो धनी बराईली युट्युब च्यानल बाट सार्बजनिक भएको छ ।
महेश महराको छायाँकन , मिन रावलको सम्पादन , जीवी अाग्रीको निर्देशन ”एक्लो परान” गीतमा देख्न सकिन्छ । गीतको भिडियोमा सुरवीर पण्डित , रमा विष्ट , हेमराज अधिकारि, मेनुका कार्की, सन्तोष मग्राती पूजा सिलवाल विपना चुनारा राजेन्द्र गर्तौलाको अभिनय तथा फिचरिङ देख्न सकिन्छ । मिलन विष्टकाे शब्द तथा सुविन सेञ्चुरी काे संगीत गितमा रहेकाे छ| नेपाली भाषी भुटानी शरणार्थी भुटान बाट लखेटिए पछि नेपालको मोरङ जिल्लाको पथरी शरणार्थी शिबिरमा आए पछिको यथार्थता एबं बास्तबिकतालाई उक्त भिडियोमा देख्न सकिन्छ ।भुटानी शरणार्थीको जीवन भोगाई,दुख कष्ट,रोदन ,पिडा र बेदनालाई जस्ताको त्यस्तै भिडियोमा उतार्न खोजिएको छ ।

 

तल भिडियो को link दिएको छ, एक पटक click गरेर अवश्य हेर्नुहोला ।

Share post:

Recent