नेकपा एमालेको वडा अधिवेशन हुँदै

कार्तिक ५, काठमाडौँ। नेकपा एमालेले देशभरका करीव ६ हजार वडामा एकैपटक पहिलो अधिवेशन आयोजना गदै २ लाख भन्दा बढी कार्यकर्तालाई अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल सम्बोधन गर्ने व्यवस्था मिलाएको छ ।

कार्यालय सचिव शेरवहादुर तामाङका अनुसार एउटा वडामा मात्र अध्यक्ष भौतिक रुपमा उपस्थित भएर उद्घाटन गर्नुभन्दा देशभरका सम्भव भएसम्मका वडा अधिवेशनस्थललाई केन्द्रीय कार्यालयको ‘वार रुम’मा जोडेर केन्द्रीय अध्यक्षले एकैपटक औपचारिक रुपमा अधिवेशनहरुको शुभारम्भ गर्ने व्यवस्था मिलाइएको हो ।

Share post:

Recent