पाइलटको मोबाइलमा घण्टी गयो, लोकेसन ट्रयाकगरी खोजी सुरु

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरुले मुस्ताङको टिटी लेक वरपर तारा एयरको जहाजको खोजी केन्द्रित गरिएको जनाउनुभएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार क्याप्टेन प्रभाकर घिमिरेको फोन ट्र्याक गर्दा देिखएकाे लोकेसनमा खोजी  केन्द्रित छ  ।

ठाकुरले पाइलटको मोबाइलमा घण्टी गइरहेको र एनटिसीबाट ट्र्याक गर्दा मोबाइलको लोकेसन लेते भनेर देखाएको बताउनुभयो ।

लेते, टिटी ताल, लार्जुङ, नौराकोट नजिक नजिकैका क्षेत्रहरु हुन् । यी क्षेत्र मुस्ताङ जिल्लाको थासाङ गाउँपालिकामा पर्दछन् ।

बिहान ९: ५५ बजे जोमसोमको लागि १९ जना यात्रु र ३ जना चालक दलका सदस्यसहित उडेको तारा एयरको विमान अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएको र सोपछि उक्त विमान सम्पर्कबिहीन भएको थियो ।

Share post:

Recent