अमेरिकाले निःशुल्क खोप दिने

५—११ वर्ष उमेरका बालबालिकालाई लगाइने कोभिड विरुद्धको ६ अर्ब रूपैयाँभन्दा बढी मूल्यको फाइजर खोप अमेरिकी सरकारले निःशुल्क दिने भएको छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरासियाका अनुसार ८४ लाख मात्रा खोप आउने भएको हो। उनले भने, ‘माइनस ७० डिग्रीभन्दा माथिको तापक्रममा भण्डारण गर्नुपर्ने र यसबाट बाहिर निकालेको एक महिनाभित्र खोप लगाइसक्नु पर्ने हुँदा अब एक डेढ हप्तामै खोप आउँछ, त्यसपछि हामीले लगाउन शुरु गरिहाल्छौँ।’ नेपालसँग अहिले २० लाख मात्रा मात्रै भण्डारण क्षमता रहेको हुँदा सोही अनुसार पटक पटक गरेर खोप आउने समेत उनले बताए।

नेपालभर हाल ७७ लाख मात्रा कोरोना विरुद्धको खोप मौज्दात रहेको छ।

Share post:

Recent