१५ जेठ, काठमाडौं — सरकारले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेको हो ।
अर्थमन्त्री जनार्दन शर्माले आज नै राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण बुझाएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
संघीय संसदको अपरान्ह ४ बजे बसेको संयुक्त बैठकमा बजेट भाषण गर्ने सचिवालयको भनाइ अनुसार बजेट भाषण शुरु भएको छ।