काठमाडौँ — आज नेकपा (बहुमत)ले प्रधानमन्त्री शेर बहादुर देउवाको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएको छ। यसका साथै सबै प्रदेशका मुख्यमन्त्री कार्यालयमा पनि धर्ना दिने भएको छ।
पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्नुपर्ने माग गर्दै नेकपा बहुमतले धर्ना दिन लागेको हो।
नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटेर नेकपा (बहुमत)दल गठन भएको हो। पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले चन्द संसद्वादमा फसेको भन्दै नयाँ पार्टी गठन गरेका हुन्।