१६ जेठ — चौंथो राष्ट्रिय महिला अधिकार दिवस २०७९ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले एकतिहाइ महिला सहभागिताको संवैधानिक प्रावधानलाई व्यवहारमा उतार्न राज्यका सबै अङ्ग र राजनीतिक दलहरूले विशेष ध्यान दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले सन्देशमा महिलामाथि हुने सामाजिक विभेदविरुद्ध आवश्यकता अनुसार कानुनमा सुधार, अभिभावक, शैक्षिक संस्थाका साथै व्यवस्थापक, सञ्चालक लगायत सरोकारवालाबीच व्यापक रूपमा सचेतनामूलक अभियान सञ्चालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
चौंथो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न कानुनी प्रावधानको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक तथा राजनीतिक अधिकार सुनिश्चित गर्न र विकासका समग्र पक्षमा महिलालाई मूलप्रवाहीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
उहाँको सन्देशमा महिलाविरुद्ध हुने सबै खालका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको उत्थान र विकासका लागि सरकार प्रतिबद्ध भएको उल्लेख गरिएको छ ।