बूढानीलकण्ठ -३ को ध्रुबतारा इङ्गलिस स्कुलको भवन उद्घाटन

काठमाडौँ  । काठमाडौँको  बूढानीलकण्ठ नगरपालिका वडा नं. ३ स्थित चापाचौर (चपलिगाँउ) मा सार्वजनिक शैक्षिक गुठि द्वारा सञ्चालित ध्रुबतारा बोर्डिङ स्कुलको पाँच तल्ले नयाँ भवन उद्घाटन गरिएको छ ।

२०४६ सालमा स्थापना भएको नगरपालिकाकै पुराना मध्य एक मानिने विद्यालयको नवनिर्मित भवन सोमबार बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले एक समारोहका बीच उद्घाटन गरेका हुन् । विद्यालयको पुरानो २ तल्ले (आधा तल्ला जस्ताको) भवन भुकम्पको कारण भत्किएकाले पुराना संरचनालाई पूनःनिर्माण गरी भूकम्प प्रतिरोधी नयाँ सुविधा सम्पन्न ५ तल्ले भवन निर्माण भएको हो । बूढानीलकण्ठ नगरपालिका, समाजसेवी संस्था छाया (CHAY YA) र विद्यालयको आन्तरिक कोषको सहकर्यमा भवन निर्माणकार्य सम्पन्न भएको विद्यालय व्यवस्थापम समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नगरपालिका प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा, निवर्तमान प्रमुख उद्दव प्रसाद खरेल सहित वडा नं ०३ अध्यक्ष आकाश धिताल, वडा नं ०४ अध्यक्ष श्री राम के.सी. लगायत विद्यालय व्यवस्थापन समिति अधयक्ष केशब बहादुर खड्का, छाया संस्था अध्यक्ष शृष्टि सिलवाल, छाया अस्ट्रेलियाका प्रतिनिथि सबिना क्लज, विद्यालय परिवार, पूर्व विद्यार्थी , अभिभावक तथा समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय प्रधानाध्यापक जे.एस. पौडेलका अनुसार ५ तल्ले भवन निर्माणको लागि विभिन्न चरणमा कुल ३ करोड ९७ लाख ३ हजार ५ सय ६० रुपैया लागत खर्च भएको छ । जसमध्ये छाया नेपालले २ करोड ६६ लाख ९ हजार ७ सय २२ रुपैँया, नगरपालिकाको तर्फबाट ५५ लाख २० हजार ४ ७३ रुपैयाँ र विद्यालय आन्तरिक कोष बाट ७५ लाख ५९ हजार ७ सय ७७ रुपैयाँ खर्च भएको हो ।

कार्यक्रममा  नगर प्रमुख मिठाराम अधिकारीले शिक्षाको गुणस्तर सुधारका लागि भौतिक संरचना निर्माणका साथै खेलकुद, अतिरिक्त क्रियाकलाप, शैक्षिक महोत्सव लगायतका कार्यक्रमलाई प्राथमिकता दिने  बताउँनुभयो । “शिक्षानै विकासको आधार हो, हाम्रा विद्यालयहरुमा भईरहेका समस्या समाधान गर्न नै हामि आएका हौँ”, उनले भने, “यसको लागि प्रभावकारी योजना र कार्यक्रम निर्माण गर्नुहोस् हामी प्राथमिकताका साथ आवश्यक बजेट विनियोजन गर्ने छौ” ।

 

Share post:

Recent