मधेश प्रदेशका महिला मानव अधिकार रक्षकलाई डिजिटल सुरक्षा तालिम

काठमाडौं । शान्तिका लागि साझा अभियान (कोक्याप) ले मधेश प्रदेशका महिला मानव अधिकार रक्षकहरुलाई लक्षित २ दिने आवासीय डिजिटल सुरक्षा तालिम सम्पन्न भएको छ ।

उत्त तालिम मधेश प्रदेशका ८वटै जिल्लाहरुमा क्रियाशील महिला मानव अधिकार रक्षकहरुलाई लक्षित कोक्यापले काठमाडौंमा प्रदान गरेको हो । कार्यक्रममा सहभागीले डिजिटल मध्यमहरुको प्रयोग आफूले गरिरहेको तर यसको जोखिमबारे आफु अनविज्ञ रहेको बताएका छन् । तालिमका सिकाईहरुले आफुलाई सचेत बनाएको र अरुलाई पनि सिकाउने प्रतिवद्धता जनाएका छन् । तालिम समापन गर्दै कोक्यापका अध्यक्ष्य रोशना खड्काले नेपालमा सूचना प्रविधीको पहुँच र विस्तारमा डिजिटल माध्यमहरुको प्रयोग बढ्दै गएको तर आम सर्वसाधारणहरु यसको जोखिममा परेको बताउनुभयो ।
उहाँले डिजिटल प्रविधीको पहुँचको दुरुपयोग गर्दै आम नागरिकहरुलाई ठग्ने, अपराधिक क्रियाकलाप गर्ने र धम्की दिने प्रवृति पनि बढ्दै गएको छ भन्नुभयो ।

महिला मानव अधिकार रक्षकहरु डिजिटल मध्यमहरुको जोखिम र निशानामा पर्ने गरेका छन्, उहाँले भन्नुभयो, “कोक्यापले महिला मानव अधिकार रक्षकहरु सँग निरन्तर संवाद, र क्षमता अभिबृद्धि तथा सुरक्षाका काममा सहयोग गर्ने छ ।”
तालिम समापन कार्यक्रममा कोक्यापका महासचिव तथा वरिष्ठ अधिवक्ता पुष्पराज पौडेलले मधेस प्रदेशमा महिला मानव अधिकार रक्षकहरुलाई बढी जोखिम रहेको उल्लेख गर्नुभयो ।
उहाँले यस प्रकारको जोखिमको सामना गर्न नागरिक अधिकार, मानव अधिकार नेपालमा विधुतिय कारोवार सम्वन्धि कानूनी व्यवस्थाको बारेमा जानकार राख्नुपर्ने बताउनुभयो ।

दुई दिनसम्म सञ्चालित तालिममा स्रोत व्यक्ति कोक्यापका डिजिटल सरक्षा स्रोत व्यत्ति राजकुमार बुढाले डिजिटल सुरक्षा, इन्टरनेटको सुरक्षित प्रयोग, सुरक्षा उपायहरूका बारेमा सहजीकरण गर्नुभएको थियो ।

Share post:

Recent