भारतीय चर्चित गायक कृष्णकुमार कुन्नथ (केके)को निधनको कारणमा आशंका

भारतीय चर्चित गायक कृष्ण कुमार कुन्नथ (केके)को राति कोलकातामा निधन भएको छ।

महानगरको गुरुदास कलेजको लाइभ कन्सर्टमा ‘हम रहे या नरहें कल’ गीत गाउँदै गर्दा अचानक स्वास्थ्य बिग्रियो । धेरै समस्या भएपछि उनले निर्माताहरूलाई स्पटलाइट बन्द गर्न भने। उनलाई कलकत्ता मेडिकल रिसर्च इन्स्टिच्युट (सीएमआरआई) नामक नीजि अस्पताल लगियो, जहाँ उनलाई मृत घोषित गरियो। सो क्रममा अस्पतालका वरिष्ठ चिकित्सक, प्रशासनिक अधिकारी र प्रहरी वरिष्ठ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

अस्पताल पुग्दा टाउकोमा चोट लागेको बताइएको छ तर यी सबै कुरा पोष्टमार्टमपछि मात्र खुल्नेछ ।

भारतको दिल्लीमा जन्मेका केकेले हिन्दी, तमिल, तेलुगु, कन्नड, मलायालम, मराठी, बंगाली र गुजराती फिल्ममा गाएका हजारौं गीत चर्चित छन्।

Share post:

Recent