१० असार । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल अस्पतालमा ५० वर्षीया महिलामा मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न भएको छ ।
गण्डकी प्रदेशमै पहिलो पटक प्रतिष्ठानको आन्तरिक खर्च व्यवस्थापन र धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको सहकार्यमा प्रत्यारोपण सम्पन्न भएको प्रतिष्ठानका निर्देशक प्रा. डा. भरत बहादुर खत्रीले बताउनुभयो ।