सरकारी बेरुजु १ खर्ब १५ अर्ब रुपियाँभन्दा बढी

३१ असार । गत आ. व. २०७७–७८ मा सरकारी बेरुजु १ खर्ब १५ अर्व ५ करोड ५० लाख रुपियाँ पुगेको छ । बुधबार महालेखापरीक्षकले आ. व. २०७७–७८ को लेखापरीक्षणको ५९ औँ बार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष पेश पनि गरेको छ ।

महालेखापरीक्षक टंकमणि शर्माको सार्वजनिक प्रतिवेदन अनुसार अघिल्लो आर्थिक बर्ष २०७६–७७ को तुलनामा गत आ. व. २०७७–७८मा बेरुजु १५ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

Share post:

Recent