म्यानपावर नवीकरणमा सहजता

४ साउन, काठमाडौँ । २ वर्षसम्म १०० कामदार पठाउन नसक्ने २५७ वटा म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने भएको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘वैदेशिक रोजगारीका नाममा भिसा किनबेच रोक्न’ भन्दै म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण गर्ने निर्णय गरेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीका अनुसार एकपटक अनुमति पाइसकेपछि वर्षमा यति नै कामदार पठाउनुपर्छ भनेर संख्या तोक्ने कार्य ठीक भएन । उनले भने, ‘यो प्रावधान सधैंका लागि हटाउन कानुन नै संशोधन प्रक्रियालाई अगाडि बढाइएको छ ।’

सरकारले २ वर्षअघि पनि लगातार २ वर्षसम्म १०० कामदार पठाउन नसक्ने म्यानपावरको नवीकरण गर्ने निर्णय गरेको थियो । त्यसबेला ३८० कम्पनी खारेज हुनबाट जोगिएका थिए ।

Share post:

Recent