अपाङ्गता भएका व्यक्तिको समावेशीको मुद्दालाई विशेष प्राथमिकतामा राख्नुपर्ने माग

काठमाडौं अपाङ्गता भएका व्यक्तिको समावेशीको मुद्दालाई विशेष प्राथमिकता राख्नुपर्नेमा जोड दिइएको छ ।
एक्सेस प्लानेट संस्थाले सन् २०२१ मा गरेको अध्ययन अनुसार अपाङ्गता भएका २० देखि ३० वर्ष उमेर समुहका महिलामध्ये ८५ प्रतिसत बेरोजगार रहेको, हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा जम्मा ६ जना अपाङ्गता भएका महिला मात्र निर्वाचित भएको, तथ्यले यस वर्ग राजनीतिक सहभागिताको दृष्टिले पनि निक्कै पछि रहेकोले समावेशीको सिद्धान्त अनुसार अपाङ्गता भएका व्यक्तिलाई सहभागीताको अवसर दिनुपर्ने माग गरिएको हो ।
संस्थाद्वारा मङ्गलवार राजधानीमा आयोजित कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक लक्ष्मीले नेपालले अपाङ्गता भएका महिला र किशोरीको आवश्यकता, मुद्दालाई पहिल्याएर त्यसको सम्वोधनको लागि संस्थाले विविध कार्यक्रम गर्दै आएको बताईन् ।
उनले अपाङ्गता भएर पनि सङ्घर्ष गर्दै पढेर सक्षम बनेका महिलालाई अवसर दिन राज्यको साथै राजनीतिक दलले पनि नीति बनाउने तथा प्रतिवद्धता जनाउने र कार्यान्वयन गर्नुपर्नेमा जोड दिईन् ।
साथै यस वर्गको मुद्दालाई प्राथमिकता दिनुपर्ने, भौतिक पहुँचको सुनिश्चित गर्न, अपाङ्गताको आधारमा आवश्यक सहायक सामग्रीको पर्याप्त उपलब्धताका लागि पहल गर्नुपर्ने, अपाङ्गता भएका महिलाको प्रजनन् स्वास्थ्य शिक्षा र अधिकारको कार्यक्रम गर्न नीतिगत व्यवस्था गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको संस्थाले जनाएको छ ।
राजनीतिमा महिला सहभागीताका लागि सुनिश्चित गरिएको ३३ प्रतिसतमध्ये पनि अपाङ्गता भएका महिलाका लागि पनि निश्चित अङ्कमै आरक्षण छुट्टयाउन पर्ने ेपाल महिला अपाङ्घ सङ्घका महासचिव मीना पौडेलको माग छ ।

Share post:

Recent