यसै साताको सुरुमा काठमाडौं महानगरपालिकाको छैठौं नगर कार्यपालिका बैठकमा एक वडा अध्यक्षले सामुदायिक कुकुरलाई टोक्ने टिप्पणी गरेका थिए ।
बैठकमा बोल्न विशेष समय लिँदै वडा ३० का अध्यक्ष दलबहादुर कार्कीले आवारा कुकुर मार्न विष खोज्दै आएको तर अहिलेसम्म नपाएको बताए ।
म एक दिनमा २५०० कुकुर मार्न तयार छु। यसअघि पनि छाडा कुकुर मारेको हुनाले गर्न सक्छु,’ कार्कीले भने, ‘आफ्नो वडामा आवारा कुकुरले ठूलो समस्या निम्त्याएको छ र प्रायजसो रातको समयमा सर्वसाधारणलाई असुविधा भइरहेको छ ।
आइतबारको बैठकमा धेरै वडा अध्यक्षले मनुमित्र आयोजना असफल भएको भन्दै छाडा कुकुर व्यवस्थापनको विषयमा नगरले गम्भीरतापूर्वक पुनर्विचार गर्नुपर्ने बताए ।
कुकुरलगायतका जीवजन्तुको हितमा काम गर्नेहरू कार्कीले सुझाव दिएजस्तै कुकुर मार्नु समाधान नभएको बताउँछन् ।