सुन्दरीजल घुम्न जानी क्रममा खोलामा खसी बेपत्ता भएको र ढुङ्गाको कापमा मृत अवस्थामा फेला परे

आदरणीय बुढानिलकण्ठ नगरपालिका निवासी आमा बुवा दाजु भाइ तथा दिदिबहिनीहरु , बुढानिलकण्ठ वार्ड नं १२ निवासी दया सागर प्रधानको छोरा( आन्दजी १६ बर्ष को)संगै ६,७जनाको टोलि सुन्दरीजल घुम्न जानी क्रममा खोलाको चेक ड्याम्म भन्दा तल खोलाको छेउमा रहेको ढुंगामा बसेर फोटो खिच्ने क्रममा खोलामा खसी बेपत्ता भएको जानकारी पश्चात् नेपाल प्रहरी ,बिपत्त व्यवस्थापन टोलि, स्थानिय जनप्रतिनिधि, स्थानियको सहयोगमा खोजी कार्य गरिएको थियोे । खाेज्ने क्रममा ढुङ्गाको कापमा मृत अवस्थामा फेला पर्यो । उक्त लास लाई सनाखतका लागि सम्बन्धित निकायमा पठाइएको व्यहाेरा अनुरोध गर्दछु।
साथै,बर्षाको समय छ ,बिपद जुनैबेलामा पनि पर्नसक्छ, आफ्ना अभिभावकहरुले आफ्ना बच्चा कहाँ , के गर्दै छन राम्रोसँग ध्यान राख्नहुन बिनम्र अनुरोध गर्न चाहन्छु । खोला नाला , डाडा पाखामा घुम्न निस्कनु अगि आफ्नो परिवारलाई जानकारी वा परिवारका एक सदस्य सहित जानू उपयुक्त होला ।
हामी ले यस वार्डमा बसोबास गर्नी भबिस्यको कर्णधार एक कुसल छोरा गुमाएका छौं , शाेक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्तिका लागि श्री पशुपतिनाथ सङ प्रथाना गर्दै मृत बाबु प्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु ।
शम्भु प्रसाद भट्टराई
बू.न.पा-१२ अध्यक्ष तथा समस्त वार्ड परिवार

Share post:

Recent