रासस केन्द्रीय कार्यालय भवनको उद्घाटन

११ साउन, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाबाट राष्ट्रिय समाचार समिति (रासस) को भद्रकालीस्थित केन्द्रीय कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भएको छ ।

विसं २०७२ को विनासकारी भूकम्पले क्षति भएको रासस भवन तत्कालीन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट प्राप्त रु १६ करोड ८६ लाख १५२ को लागतमा निर्माण सम्पन्न भएको हो । राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, महाप्रबन्धक सिद्धराज राई लगायतले प्रधानमन्त्री देउवालाई स्वागत गर्नुभएको थियो । समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल लगायत सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्री देउवाबाटै २०७४ कात्तिक ९ गते शिलान्यास भएको ‘ब्लक ए’ र ‘ब्लक बी’ चारतले रासस भवनमा ५४ कोठा छन् ।

स्वदेश तथा विदेशका सत्यतथ्य समाचार सम्प्रेषण गरी नागरिकलाई सुसूचित गर्ने उद्देश्यले राससको स्थापना भएको हो ।

Share post:

Recent