पत्रकारको पारिश्रमिक बढाउन माग

काठमाडौँ । नेपाल पत्रकार महासंघको बिहीबार काठमाडौंमा बसेको केन्द्रीय कार्यसमिति बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरेको छ । बैठकले सरकारलाई थप दबाब दिने निर्णय गरेको महासंघका सचिव गोविन्द चौलागाईंले जानकारी दिए ।

हाल पत्रकारको आधारभूत पारिश्रमिक २४ हजार ५ सय रुपैयाँ छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिले यसअघि नै २५ प्रतिशत तलब वृद्धि गर्न सिफारिस गरेको थियो तर सरकारले यसबारे कुनै निर्णय गरेको छैन ।

महासंघले ज्येष्ठ पत्रकारहरूका लागि सरकारले हालै सुरु गरेको आजीवन वृत्ति उपलब्ध गराउने निर्णय कार्यान्वयनको स्वागत गरेको छ ।

पारिश्रमिक नदिएर आन्दोलनपछि भएका सहमतिको कार्यान्वयनका लागि समेत महासंघले सम्बन्धित संस्थाहरूको ध्यानाकर्षण गराएको छ ।

Share post:

Recent