प्लास्टिकजन्य फूलगुच्छा आयातमा प्रतिबन्ध

काठमाडौँ । प्लास्टिकबाट बनेका फूलगुच्छा आयात गर्न प्रतिबन्ध लागेको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सो सूचना जारी गरेको हो ।

नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात र बिक्री वितरण गर्न पूर्ण रुपमा रोक लगाउने निर्णय गरेको उक्त सूचनामा उल्लेख छ । मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लस्टिकजन्य वस्तु पूर्ण रुपमा रोक लगाइने निर्णय भएको जनाएको छ ।

प्लास्टिकजन्य फूलगुच्छा आयातमा प्रतिबन्ध

Share post:

Recent