प्यूठानमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १४ घाइते

स्वर्गद्वारी मन्दिरबाट फर्कने तीर्थयात्री बोकेको जीप प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यगुटेमा शनिबार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा रुपन्देही मायादेवी गाउँपालिकाकी ३२ वर्षीया गुडिया ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जिपमा १७ जना सवार रहेको इलाका प्रहरी कार्यालय भिंगरीले जनाएको छ ।
घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र भिंगरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Share post:

Recent