काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईईको ग्रेडवृद्धि परीक्षा भदौ ११ र १२ गते हुने जनाएको छ ।
ग्रेडवृद्धि परीक्षामा सहभागी हुन चाहने विद्यार्थीले भदौ ५ गतेसम्म फाराम भरेर विद्यालयमा बुझाउनुपर्ने छ । सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेको विषयहरुमध्ये विद्यार्थीले आफूले चाहेको बढीमा दुई विषयसम्म वा बढीमा दुई विषयसम्म अनुपस्थित रहेको भए ग्रेडवृद्धि परीक्षा दिन पाउने छन् । आइतबार समय तालिका समेत सार्वजनिक गरेर भदौ ११ र १२ गते बिहान ८ बजेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले जनाएको छ ।
२०७८ को एसईईको परीक्षामा सहभागी नियमित परीक्षा तर्फका विद्यार्थीले मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउनेछन् ।