पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन

१५ श्रावण। नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भोलिदेखि आन्दोलन गर्ने भएको छ।

देशभरका पेट्रोलियम ढुवानी व्यवसायी भाडा समायोजन नगरेको भन्दै आन्दोलित भएका हुन्। उनीहरुले भाडा समायोजनका लागि आजसम्मको अन्तिम समय दिएका थिए।

यही साउन ६ गते बसेको महासंघको बैठकले १५ गतेसम्म ढुवानी भाडा वृद्धि गर्न माग गरेको थियो। तर आजसम्म माग पूरा नभएपछि भोलिदेखि हवाइ इन्धन ढुवानी गर्ने ट्यांकरले देशभर लोड नगर्ने भएका छन्।

त्यस्तै २० गतेबाट राज्यभरका सम्पूर्ण पेट्रोलियम ढुवानी ट्यांकरले लोड नगर्ने भएका छन्। २१ गतेबाट सबै ट्यांकर लोड र अनलोड नगर्ने महासंघले निर्णय गरेको छ।

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन

Share post:

Recent