श्रमिक अस्पताल निर्माणको लागि सुझाव

१६ साउन, काठमाडौँ । श्रमिक अस्पताल निर्माण अध्ययन कार्यदलले श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरसमक्ष आफ्नो प्रतिवेदन बुझाएको छ । कार्यदलले अस्पताल निर्माणका लागि विराटनगर, बारा र भैरहवामा अध्ययन र अनुगमन गरेको छ ।

प्रतिवेदन अनुसार अस्पताल निर्माणका लागि करिब २० अर्ब रुपियाँ लागत लाग्ने अनुुमान गरिएको छ । ५ सयदेखि १ हजार शय्याको अस्पताल निर्माण गर्न १० बिघा जग्गा आवश्यक पर्ने भए पनि दीर्घकालका लागि २५ बिघासम्म जग्गा उपयुक्त हुने तर ५ बिघा जग्गा उपलब्ध भएको ठाउँमा पनि अस्पताल निर्माण कार्य सुरु गर्नुपर्ने कार्यदलले सुझावमा पेस गरेको छ ।

सरकारले गत फागुन ५ गतेको मन्त्रिपरिषद् बैठकबाट नेपालमा श्रमिक अस्पताल स्थापनाको काम अगाडि बढाउने निर्णय गरेको थियो । यसका लागि श्रम मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । श्रम मन्त्रालयका सहसचिव काफ्लेको संयोजकत्वमा स्वास्थ्य, वन र भूमि मन्त्रालयका प्रतिनिधिसहित श्रमिक अस्पताल निर्माण अध्ययन कार्यदल गठन गरिएको थियो ।

Share post:

Recent