साउनको अन्तिमसम्म विद्यार्थी भर्ना लिन बोर्डको निर्देशन

१९ साउन । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउनको अन्तिमसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालय एवं क्याम्पसलाई निर्देशन दिएको छ। २०७८ सालको एसइईको नतिजापछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र विद्यार्थी भर्ना गर्ने गरी आवेदन आह्वान गरेपछि बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो।

देशका दुर्गम क्षेत्रका विद्यार्थीले भर्नाका लागि आवेदन दिने अवसरबाट समेत वञ्चित हुने अवस्था देखिएकाले देशभरका सबै विद्यालयलाई एसइईको नतिजा सार्वजनिक भएको कम्तीमा १५ दिनसम्म आवेदन दिन सक्नेगरी भर्नाको व्यवस्था गर्न निर्देशन दिएको छ।

बोर्डले स्थानीय तहलाई समेत आफ्नो पालिकाअन्तर्गतका विद्यालयमा समन्वय र सहजीकरण गरी विद्यार्थी भर्ना एवं कक्षा सञ्चालनको व्यवस्था गर्न आग्रह गरेको छ।

Share post:

Recent