‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल ‘२०२२’ का लागि आवेदन खुला गरिएको छ । आयोजक संस्था प्याजेन्ट नेपाल इन्टरनेसनल र ब्राइट इभेन्ट म्यानेजमेन्टले पुरुष मोडलहरूलाई सहभागिताका लागि आह्वान गरेको हो ।
प्रतियोगिता विजेताले थाइल्यान्डको बैंककमा यही ३ देखि ७ नोभेम्बरसम्म आयोजना हुने ‘मिस्टर मोडल अफ द वर्ल्ड २०२२’ मा नेपालको प्रतिनिधित्व गर्नेछन् । यसअघि सन् २०१८ मा सम्पन्न उक्त प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरेका अभिनेता मोडल दिक्पाल कार्कीले मिस्टर ‘मोडल अफ द वर्ल्ड २०१८’ को उपाधि जितेका थिए ।
‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’को अन्तिम प्रतियोगिता आगामी ३ सेप्टेम्बरमा हुनेछ । १८ देखि ३२ वर्ष उमेर समूहका नेपाली नागरिकले यो प्रतियोगितामा भाग लिन पाउनेछन् । उचाइ र शिक्षाको मापदण्ड तोकिएको छैन ।
‘मिस्टर मोडल अफ द वर्ल्ड नेपाल’का इभेन्ट डाइरेक्टर मोडल दिक्पाल कार्की छन् भने क्रियटिभ डाइरेक्टर मोडल अक्षयजंग रायमाझी हुन् ।