नेपालका विभिन्न आदिवासी समुदायले मंगलबार विभिन्न कार्यक्रम गरी २८ औँ विश्व आदिवासी जनजाति दिवस मनाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघको संयोजनमा राजधानीको कमलादीस्थित एकेडेमी हलमा औपचारिक कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि उपस्थिति रहेको थियो ।
भृकुटीमण्डपमा तामाङ, नेवार, गुरुङ, थारु, राई, लिम्बु, शेर्पालगायत विभिन्न आदिवासी जनजातिले सांस्कृतिक र्याली समेत निकालेका थिए ।
विश्व आदिवासी जनजातिहरुको अन्तर्राष्ट्रिय दिवस हरेक वर्ष अगस्ट ९ मा मनाइन्छ ।