प्रहरीका अनुसार हालसम्म कुनै मानवीय क्षति नभएको तर बाढीले वन्यजन्तुको आश्रयमा ठूलो क्षति पुर्याएको छ भने बाढी प्रभावित क्षेत्रका बासिन्दाको सरसामान बगाएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्तोषसिंह राठौरले मनोहरा खोलामा आएको बाढीले विभिन्न बस्ती डुबानमा परेको र प्रभावित क्षेत्रका मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको जानकारी दिए ।
‘जडीबुटी क्षेत्रमा सुकुम्बासी बस्तीमा बसोबास गरिरहेका करिब तीन सयलाई उद्धार गरी कोटेश्वर बहुमुखी क्याम्पसमा सारिएको छ,
त्यस्तै शंकरपुर र कागेश्वरी मनोहरा नगरपालिकाका १७ जनालाई सुरक्षित स्थानमा सारिएको छ । महादेव खोलाबाट आएको बाढीले बिजुलीको पोलमा क्षति पुर्याएपछि उक्त क्षेत्रमा विद्युत अवरुद्ध भएको छ ।
पेप्सीकोला क्षेत्रबाट थप १५ जनालाई सुरक्षित स्थानमा सारिएको राठौरले जानकारी दिए ।
“वर्षाका कारण पानीको बहाव बढेपछि खोलाको कटानले धेरै बस्ती डुबानमा परेको छ भने बाढीको पानी धेरै सुकुम्बासी बस्तीमा पसेको छ”,। “कुनै मानवीय क्षति नभएको तर ठूलो धनजनको क्षति भएको रिपोर्ट आएको छ। क्षतिको विवरण आउन बाँकी छ ।”
सुकुम्वासी बस्ती भित्रका करिब एक सय घर र मनोहरा नदी किनारका २ सय घर डुबानमा परेको काँडाघारी प्रहरी महाशाखाको कार्यालय समेत रहेको प्रहरीले जनाएको छ ।
बाढीले दुवाकोटको सुकुम्वासी बस्तीका २० अस्थायी टहरा डुबानमा परेका छन् भने मध्यपुरथिमि नगरपालिकामा बालुवाको ढुंगा खसेपछि नदीले दिशा परिवर्तन गरेको छ ।