जुत्ता कारखानामा लागेको आगो नियन्त्रणमा आएको छ।

बालाजु औद्योगिक क्षेत्र नजिकैको जुत्ता कारखानामा बुधबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार वान वल्र्ड जुत्ता कारखानामा बिहान ११ बजेर ४५ मिनेटमा आगलागी भएको थियो ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको रिजालले बताए । आगलागीबाट करिब ४ करोड ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।

कारखानाका कर्मचारीका अनुसार एउटा मेसिनमा विद्युत सर्ट भएर आगलागी भएको हो । कारखानामा राखिएको कच्चा पदार्थ र केमिकलले आगलागी भएको उनीहरुले बताए ।
कारखाना क्षेत्र वरपर घरहरू भए पनि आगलागीबाट कुनै मानवीय वा निजी सम्पत्तिमा क्षति नभएको प्रहरीले जनाएको छ ।

Share post:

Recent