चितवन राष्ट्रिय निकुञ्जका सबै जंगली भैँसी विभिन्न कारणले मर्छन् ।

करिब ६ वर्षअघि कोशी टप्पु वन्यजन्तु आरक्ष र काठमाडौंको केन्द्रीय चिडियाखानाबाट चितवन राष्ट्रिय निकुञ्जमा सारिएका १५ अर्ना, जङ्गली भैँसी विभिन्न कारणले मरेका छन् ।
पछिल्लो पटक स्थानान्तरण गरिएका तीनवटा जंगली भैँसीलाई सोमबार बाघले मारेको छ ।

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी गणेशप्रसाद तिवारीले जंगली भैँसी राखिएको घेरामा बाघ प्रवेश गरी तीनवटा पोथी जंगली भैँसीलाई मारेको बताए ।

‘घटनाबारे थप विवरण आउन बाँकी छ,’ तिवारीले भने ।सौराहाको दक्षिणी पदमपुरको घाँसे मैदानमा जङ्गली भैँसी राखिएको थियो । तीमध्ये १२ जनालाई कोशी टप्पु वन्यजन्तु आरक्षबाट र तीन जनालाई केन्द्रीय चिडियाखानाबाट सन् २०१७ को जनवरी–फेब्रुअरीमा ल्याइएको थियो ।

केन्द्रीय चिडियाखानाबाट स्थानान्तरण गरिएका तीनवटा जङ्गली भैँसीको सोही वर्ष मृत्यु भएको थियो भने अन्य दुईवटा सन् २०१७ को जुलाई–अगस्टमा बाढीका कारण मरे र बाँकी १० जङ्गली भैँसीमा पनि गम्भीर स्वास्थ्य समस्या देखिएको थियो ।

बाघको आक्रमण लगायतका कारणले बर्सेनि जङ्गली भैँसी मार्ने गरेको तिवारीले जानकारी दिँदै गत वर्ष मात्रै १० जङ्गली भैँसीको मृत्यु भएको बताए ।

जंगली भैँसीले स्थानान्तरण गरेपछि ६ वटा बाछा जन्माएको पनि निकुञ्ज कार्यालयले जनाएको छ ।

Share post:

Recent