कालिन्चोकका २१७ जना विद्यार्थीलाइ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल मार्फत शैक्षिक सामाग्री हस्तान्तरण

काठमाडौं। । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले दोलखाको भिमेश्वर नगरपालिकामा रहेको श्री कालिन्चोक माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरेको छ । आज विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरि परिषदको सेवा कार्य अन्तर्गत कक्षा ११ र १२ मा अध्ययनरत २१७ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस अघि परिषद्ले सिन्धुपाल्चोकको शारदा माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिसकेको र बाकी ९ वटा हिमाली जिल्ला रसुवा, बझाङ, ताप्लेजुङ, मनाङ, मुस्ताङ, गोरखा, मुगु, डोल्पा र हुम्ला जिल्लामा शैक्षिक सामग्री वितरण गर्न गइरहेको विद्यार्थी परिषद्का राष्ट्रिय महासचिव छितराज न्याैपाने जानकारी दिए । कार्यक्रममा विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकालले विगत २७ बर्षदेखि निरन्तर सेवा कार्यहरू गर्दै आइरहेकाे र यसलाई निरन्तरता दिने क्रममा परिषद्ले ११ वटा हिमाली जिल्लाका विद्यार्थीलाई भारतीय जनता र भारत सकारबाट प्राप्त भएको शैक्षिक सामाग्री विद्यार्थीहरूलाई वितरण गरिएको र वितरण गरिएको सामग्रीमा प्रति विद्यार्थी व्याग, ५ वटा कपी, रेपिडेक्स पुस्तक, जमेक्ट्री बक्स, नेपाली बृहत् शब्दकोश, टोपी लगायत रहेको उल्लेख गर्दै सामग्री उपलब्ध गराउने भारतीय जनता र भारत सरकार लाइ धन्यवाद दिनुभयो । भिमेश्वरबनगरपालिकाका नगर प्रमुख ईश्वरनारायण मानन्धरले परिषद्को सामाजिक सेवा कार्यको उच्च प्रसंशा गर्दै भीमेश्वर नगरको कालिन्चोक माध्यमिक विद्यालयमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकोमा परिषदलाई विशेष धन्यवाद दिदै शैक्षिक क्षेत्रको बिकासमा आफुहरु लागी परेकाको प्रष्ट पार्नुभयो । विद्यालयका प्राचार्य नवराज सुवेदीले जिल्लाको उत्कृष्ट विद्यालय रहेको आफ्नो कालिन्चोकका माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ का विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकोमा विद्यार्थी परिषद परिवारलाई आभार व्यक्त गर्नु भएको थियो । उक्त शैक्षिक सामग्री वितरण कार्यक्रममा भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धर ,दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा ,राष्ट्रिय संगठन सचिव नारायण प्रसाद ढकाल, राष्ट्रिय महासचिव छितराज न्याैपाने, कालिन्चोक माध्यमिक विद्यालयका प्राचार्य नवराज न्यौपाने, व्यवस्थापन समिति अध्यक्ष सुवास श्रेष्ठ, कालिन्को बहुमुखी क्याम्पस प्रमुख एवं हिन्दू स्वयंसेवक संघ नेपालका माननीय जिल्ला संघचालक कृष्ण बहादुर गौतम लगायतको उपस्थित रहेको थियो । २०५२ सालमा स्थापना भई देशका ७७ वटै जिल्लाका शिक्षण संस्था, माध्यमिक तह (कक्षा ११ र १२) क्याम्पस तथा विश्वविद्यालयहरूमा कार्य गरिरहेको परिषदले विद्यार्थी, शिक्षक शिक्षाविद्हरूलाई संगठित गर्दै व्यक्ति असल व्यक्ति निर्माणका माध्यमबाट राष्ट्रलाई परम् वैभवको स्थितिमा पुर्याउने लक्ष्य रहेको छ । यस अघि पनि प्राज्ञिक विद्यार्थी परिषद् नेपालले बाढी पहिरो प्रभावित दोलखा जिल्लाका कालिन्चोक गाउँपालिका वडा न. ५ का  ९५ परिवारलाई स्लिपिङ म्याट ५९५ थान र प्लास्टिक सिड्स १५ थान गरी ७० लाख बराबरको राहत सामाग्री वितरण गरेको थियो ।

Share post:

Recent