भारतीय सेनामा नेपाली युवा भर्नाको अन्योलका बीच भारतको विदेश मन्त्रालयले बिहीबार अग्निपथ योजना अन्तर्गत भर्ती हुने जनाएको छ।भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्धम बागचीले नियमित पत्रकार सम्मेलनमा भारतले अग्निपथ योजना अन्तर्गत गोर्खा सैनिक भर्ती गर्ने बताए ।
हामीले लामो समयदेखि भारतीय सेनामा गोर्खा सैनिक भर्ती गर्दै आएका छौं। र हामी अग्निपथ योजना अन्तर्गत गोर्खा सिपाहीहरूलाई भारतीय सेनामा भर्ती गर्न जारी राख्न तत्पर छौं, नयाँ दिल्लीमा नियमित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बागचीले भने।
नेपालले बुधवार यस विषयमा निर्णय गर्न एक वा दुई दिन लाग्ने बताएपछि बुटवलबाट भदौ २५ गतेबाट हुने नियोजित भर्ना प्रक्रिया रोकिएको थियो । भारत सरकारले सन् १९४७ मा तत्कालीन नेपाल, भारत र बेलायत सरकारबीच भएको त्रिपक्षीय सम्झौताअनुसार भारतीय सेनामा नेपाली युवा भर्ना गर्न अनुमति दिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेको थियो । तर परराष्ट्र मन्त्रालयले भने निर्णय गर्न सकेको छैन ।
यस विषयमा बुधबार परराष्ट्रमन्त्री नारायण खड्काले भारतीय राजदूत नवीन श्रीवास्तवसँग वार्ता गरेका थिए ।