नेपालमा शनिबार गत २४ घण्टामा ६५ नयाँ पीसीआर पुष्टि भएका कोरोना संक्रमित भेटिएसँगै देशव्यापी संक्रमितको संख्या ९,९६,६७० पुगेको छ ।
त्यस्तै गरी २ हजार १९६ एन्टिजेन परीक्षणमा १०८ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
शनिबारसम्म देशभर ५ ,८२,६७१ पीसीआर र १३,५०,२३२ एन्टिजेन परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा ६ ४३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशमा कोभिड–१९ बाट कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महामारी सुरु भएयता देशव्यापी मृत्यु हुनेको संख्या ११,९९९ पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म ९८१,०५९ जना संक्रमित निको भइसकेका छन् । तीमध्ये पछिल्लो २४ घण्टामा ३९६। सक्रिय केसहरूको संख्या ३६१२ छ ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७, मधेश प्रदेशमा २, वाग्मतीमा ३९, गण्डकी प्रदेशमा ६, लुम्बिनीमा ४, कर्णालीमा २ र सुदूरपश्चिममा ५ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा शुक्रबार १६३ नयाँ पीसीआरमा कोरोनाभाइरस पुष्टि भएको छ र एक जनाको मृत्यु भएको छ। त्यसैगरी बिहीबार २११ नयाँ पीसीआरमा कोरोना संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ भने बुधबार २४२ नयाँ पीसीआरमा कोरोना पुष्टि भएको छ भने बुधबार एक जनाको मृत्यु भएको छ ।