सन् १९७० को दशकमा पाटनको बौद्ध गुम्बाबाट चोरी भएको १५ औं शताब्दीको काठको मूर्ति अमेरिकाको फ्लोरिडाको निजी संग्रहमा राखिएको छ ।
विश्वभर छरिएर रहेका नेपालका हराएको कलाकृतिको पहिचान र पत्ता लगाउन काम गरिरहेको समूह लस्ट आर्ट्स अफ नेपालले उक्त मूर्ति सन् २०१९ मा न्युयोर्कको बोनहम्स केन्द्रमा पछिल्लो पटक बिक्री भएको बताएको छ ।
लिलामी हुनुअघि नै मूर्तिलाई स्थलबाट हटाइयो। चोरी भएपछि यो मूर्ति पहिलो पटक सन् १९८२ मा न्यूयोर्कमा फेला परेको थियो।
पुरातत्वविद् मेरी शेफर्ड स्लसरले आफ्नो लेख कन्जर्भेसन नोट्स अन सम नेपाली पेन्टिङ्स’ मा उक्त कलाकृतिको इतिहास र पुरातत्वबारे उल्लेख गर्नुभएको छ ।
यसअघि पाटनको इ बहाबहीबाट चोरी भएका अन्य तीन मूर्ति नृत्यदेवी, चिन्तामणि लोकेश्वर र ताराको लस एन्जलस, न्यूयोर्क र सिकागोका संग्रहालयमा रहेको जानकारी सार्वजनिक गरिएको थियो ।