मकवानपुर र धादिङमा डेंगुको संक्रमण देखिएको छ ।

लामखुट्टेको टोकाइबाट सर्ने सरुवा रोग डेंगुले पछिल्लो समय देशैभरि आक्रान्त बन्दै गएको छ । वाग्मती प्रदेशका मकवानपुर र धादिङ जिल्ला पनि अछुतो छैनन् । मकवानपुरमा डेंगुको सङ्क्रमण डरलाग्दो रूपमा बढेको छ भने जिल्लामा विगत डेढ महिनामा झण्डै ६०० बिरामी भेटिएका छन् ।

मकवानपुरको सदरमुकाम हेटौंडामा डेंगुका बिरामी बढ्दै जानु चिन्ताजनक छ । हेटौँडा उपमहानगरपालिकाले जिल्ला स्वास्थ्य कार्यालयसँगको समन्वयमा शनिबारदेखि लामखुट्टे नष्ट गर्ने अभियान थालेको उपमहानगरपालिका जनस्वास्थ्य इकाईका जनस्वास्थ्य निरीक्षक कृष्ण यादवले बताए ।

स्थानीय तहले शुक्रबार अभियानमा परिचालन हुने स्वास्थ्यकर्मीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।

मकवानपुरमा हरेक वर्ष खासगरी मनसुन र मनसुनपछिको सिजनमा डेंगुका बिरामी भेटिन्छन् । तर, विगतको तुलनामा यो वर्ष डेङ्गुका बिरामीको संख्या धेरै छ । जिल्ला स्वास्थ्य कार्यालयमा उपलब्ध तथ्यांकअनुसार गत आर्थिक वर्ष २०२१\२२ मा १९५ जनामा डेङ्गुको संक्रमण देखिएको थियो । तर यो आर्थिक वर्ष डेढ महिनामै जिल्लामा ५५८ डेङ्गुका बिरामी फेला परेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी लक्ष्मण घिमिरेका अनुसार चालु आर्थिक वर्ष हेटौंडा–४ मा मात्रै २२६ जनामा डेङ्गुको संक्रमण देखिएको छ । भर्खरै निको भएका केही डेंगु रोगी ।

हेटौँडा उपमहानगरपालिकाले जनचेतनामूलक अभियानसँगै खोजी र नष्ट अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले लामखुट्टे नष्ट गर्ने र जनचेतना अभियान छिट्टै उपमहानगरपालिकाभर सञ्चालन गरिने बताइन् ।
डेंगु पोथी एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस लामखुट्टेबाट सर्ने लामखुट्टेबाट सर्ने रोग हो। विश्व स्वास्थ्य संगठनका अनुसार एउटै भेक्टरले चिकनगुनिया, पहेंलो ज्वरो र जिका भाइरसहरू पनि सार्छ। डेंगु निम्त्याउने लामखुट्टेले सफा पानीमा पैदा गर्छ र दिउँसो मानिसमा संक्रमण गर्छ।

विश्व स्वास्थ्य सङ्गठनले गम्भीर डेंगुको कुनै खास उपचार नभएको तर प्रारम्भिक पहिचान र उचित स्वास्थ्य सेवामा पहुँचले मृत्युदर घटाउन सक्ने बताएको छ।

Share post:

Recent