काठमाडौं उपत्यकाका अस्पताल डेंगुका बिरामीले भरिएका छन् ।
हालसम्म मुलुकका ७७ मध्ये ७२ जिल्लामा फैलिएको डेङ्गुका कारण एक गर्भवती महिलासहित चार जनाको मृत्यु भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपाल मेडिसिटी अस्पताल ललितपुरमा गत बुधबार ३८ वर्षीय पुरुषको डेङ्गु संक्रमणबाट मृत्यु भएको हो ।
कपिलवस्तुमा डेंगुका कारण ३५ वर्षीया महिलाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् । धादिङमा डेंगुका कारण थप एकजनाको मृत्यु भएको पुष्टि भएपनि बिरामीमा अन्य स्वास्थ्य समस्या पनि रहेको अधिकारीहरुले बताएका छन् । मृतक डेंगुबाट संक्रमित भए पनि मृत्युको लागि भाइरस मात्र जिम्मेवार छैन ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले गत साता एक गर्भवती महिलाको डेंगुको संक्रमणबाट मृत्यु भएको जनाएको छ ।काठमाडौं उपत्यकाका ठूला अस्पतालमा पछिल्लो समय डेंगुका बिरामी बढ्दै गएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले दैनिक करिब १८० जना डेंगु संक्रमित बिरामी उपचारका लागि आउने गरेको जनाएको छ । कतिपय अस्पतालले एउटै शय्यामा दुई जना बिरामी राख्न बाध्य छन् ।
अस्पतालहरूले डेंगु हेमोरेजिक ज्वरो र डेंगु शक सिन्ड्रोम रिपोर्ट गर्दै आएका छन्। डेंगु हेमोरेजिक ज्वरोले आन्तरिक रक्तस्राव र रक्तचापमा एक्कासी कमी आउन सक्छ। डेंगु सक सिन्ड्रोम डेंगु संक्रमणको खतरनाक जटिलता र उच्च मृत्युदरसँग सम्बन्धित रहेको चिकित्सकहरू बताउँछन्।
नेपालमा प्रि-मनसुन, मनसुन र मनसुनपछिको सिजनमा डेंगुको प्रकोप देखिएको छ, यद्यपि मनसुनपछिको अवधिलाई भाइरसको उच्च प्रसारण सिजन मानिन्छ। मनसुन अझै जारी रहेको र मनसुनपछिको सिजन सुरु हुन बाँकी रहेकाले आगामी दिनमा डेंगुको संक्रमण बढ्न सक्ने स्वास्थ्य अधिकारीहरुले बताएका छन् । डेंगु फैलाउने लामखुट्टे ४५ दिनसम्म बाँच्छन् र तिनीहरूको सम्पूर्ण पुस्ता भाइरसबाट संक्रमित हुन्छन्, अर्थात् उनीहरूले एउटै भाइरस सार्न सक्छन्।
“विगतमा सेप्टेम्बर र अक्टोबरमा बढी सङ्क्रमण देखिएकाले सङ्क्रमण फैलिन नदिन कति समय लाग्ने हो भन्न सकिने अवस्था छैन ।