प्राज्ञिकद्वारा गाेरखा सरस्वती मा.विका ११२ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडौं।प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सेवा कार्य अन्तर्गत गाेरखा आहालेस्थित सरस्वती मा. वि मा शैक्षिक सामाग्री वितरण गरेकाे छ ।
विद्यार्थी परिषद्ले ११ वटा हिमाली जिल्लाहरूमा पढने विद्यार्थी हरूलाई शैक्षिक सामाग्री वितरण गर्ने उदेश्यका साथ सिन्धुपाल्चोक जिल्लाबाट सुरू भएकाे वितरण अभियानले गाेरखा जिल्लामा पनि त्यस क्षेत्रका विद्यालय सरस्वती मा.विमा अध्ययनरत ११२ जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेकाे विद्यार्थी परिषद्का सह संगठन सचिव रमेश कण्डेलजि जानकारी दिनु भएको छ । प्राज्ञिकद्वारा गाेरखा सरस्वती मा.विका ११२ विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

वितरण कार्यक्रममा गाेरखा नगरका नगर शिक्षा प्रमुख चन्द्र बहादुर खड्का प्रमुख अतिथिकाे रूपमा हुनु हन्थ्याे भने परिषद्का राष्ट्रिय सह संगठन सचिव रमेश कण्डेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शरद कट्टेल एवम् पदाधिकारीहरू विद्यालयका प्रचार्य पुरूषत्तम भट्टराई लगायतका व्यक्तिहरूकाे विशेष उपस्थितिमा सामग्री वितरण गरेकाे थियोे ।

त्यसैगरी विद्यार्थी परिषद्ले गाेरखा नगरकाे एकदिवसीय अभ्यासमा वर्ग पनि सम्पन्न गरेकाे छ । परिषद्ले देशै भर संचालन गरेकाे अभ्यास वर्ग अभियान अन्तरगत आज गाेरखा जिल्लाकाे गाेरखा क्याम्पसमा सम्पन्न गरेकाे हाे ।

Share post:

Recent