काठमाडौं क्षेत्र नं ६ मा नेकपा माओवादी केन्द्रबाट हिमाल शर्मा सिफारिस

सरकारले मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेस सभाको निर्वाचन मिति घोषणा गरेसंगै काठमाडौं क्षेत्र नं ६ मा नेकपा माओवादी केन्द्रले पोलिटव्युरो सदस्य हिमाल शर्माको नाम सार्वजनिक गरेको छ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकको निर्देशनअनुसार क्षेत्रीय कमिटी बैठक बसेर शर्माको एकल नाम सिफारिस गरेको हो। शर्मा युवाहरुमा राम्रो छवि बनाएका र लामो समय विद्यार्थी राजनीति गरेका शर्मा माओवादी केन्द्रमा राम्रो छवि भएको नेतामा पर्दछन्। क्षेत्र नंं ६ को हरेक कार्यकर्ताको जिउँदोको जन्ति र मर्दाको मलामी बनेका हिमाल शर्मा सबै जनता र कार्यकर्तालाई समान रूपले हेर्ने पात्रको रूपमा चिनिएका छन्। २०२९ वैशाख १२ गते बागलुङको कुस्मिसेरामा जन्मिएर लामो समय सम्म विद्यार्थी राजनीति गरेर अघि बढेका हुन् हिमाल शर्मा । तत्कालीन नेकपा ९माओवादी० विद्यार्थी संगठनका अध्यक्ष बनेका शर्मा १४ वर्षको उमेरमा प्रहरी गिरफ्तारमा परेपछि सक्रिय राजनीतिमा होमिएका थिए।

Share post:

Recent