नेपालमा बुधबार गत २४ घण्टामा १२८ नयाँ पीसीआर पुष्टि भएका कोरोना संक्रमित भेटिएसँगै देशव्यापी संक्रमितको संख्या ९,९८,२९५ पुगेको छ ।
त्यस्तै गरी १,८८० एन्टिजेन परीक्षणमा १०२ जनामा पोजेटिभ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुधबारसम्म देशभर ५,९०२,१२३ पीसीआर र १,३७२,३६२ एन्टिजेन परीक्षण भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुल एक हजार ९५६ पीसीआर परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा देशमा कोभिड–१९ बाट दुई जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । महामारी सुरु भएदेखि देशव्यापी मृत्युको संख्या १२,००० पुगेको छ।
मन्त्रालयका अनुसार हालसम्म ९,८३,७८१ संक्रमित निको भइसकेका छन् । ती मध्ये गत २४ घण्टामा ७८ सक्रिय केसहरूको संख्या २,५०५ मा खडा छ।
पछिल्लो २४ घण्टामा प्रदेश १ मा आठ, मधेश प्रदेशमा दुई, वाग्मती प्रदेशमा ९०, गण्डकी प्रदेशमा २१, लुम्बिनीमा तीन, कर्णालीमा दुई र सुदूरपश्चिममा दुई नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा मंगलबार १७७ नयाँ पीसीआरमा कोरोना भाइरसको पुष्टि भएको छ । त्यसैगरी सोमबार १२२ नयाँ पीसीआर पुष्टीमा कोरोनाभाइरस पुष्टि भएको छ भने आइतबार १ सय १६ नयाँ पीसीआर पुष्टि भएका छन् भने आइतबार दुई जनाको मृत्यु भएको छ ।