बंगलादेशले नेपालमा उत्पादित बिजुली आयात गर्न पावर ट्रान्समिसन करिडोर बनाउन भारतलाई अनुरोध गरेको छ । बिहीबार भारतको चारदिने औपचारिक भ्रमण पूरा गरिसकेकी बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग विद्युत प्रसारणका लागि भारतीय भूमि प्रयोग गर्न नयाँ दिल्लीसँग अनुमति मागेको विषयलाई उठाएका थिए।
ऊर्जा क्षेत्रमा उपक्षेत्रीय सहयोग सुदृढ गर्ने सहमति भएको छ । बंगलादेश पक्षले नेपाल र भुटानबाट भारत हुँदै विद्युत् आयात गर्न अनुरोध गरेको छ,’ बुधबार जारी भएको संयुक्त विज्ञप्तिमा भनिएको छ । भारतीय पक्षले यसका लागि दिशानिर्देश भारतमा पहिले नै रहेको प्रतिक्रिया दिएको बताइएको छ।
भारतको ऊर्जा मन्त्रालयले नेपाल र बंगलादेशबीचको विद्युत् व्यापारका लागि प्रयोग गर्न सकिने विद्युत्को आयातरनिर्यात ९क्रस बोर्डर०–२०१८ को दिशानिर्देश तयार गरेको भारतीय अधिकारीहरूले बंगलादेशी प्रतिनिधिमण्डललाई आश्वस्त पारेका छन् ।
विज्ञप्तिमा भनिएको छ, दुई देशले अन्तर्राष्ट्रिय विद्युत जडानका लागि द्विपक्षीय र बहुपक्षीय सम्झौताहरू बनाउन सहमत भएका छन्।