हास्य कलाकार अपूर्व क्षितिज सिंह कोभिड संक्रमणपछि मुक्त भएकी छन् ।

नेवारी संस्कृतिबारे अपमानजनक टिप्पणी गरेको भन्दै उजुरी परेपछि उनलाई भदौ २८ गते पक्राउ गरिएको थियो । प्रहरीले हास्यकलाकार अपूर्व क्षितिज सिंहलाई बिहीबार रिहा गरेको छ ।

कार्यक्रममा नेवार समुदायको संस्कृति र परम्परामाथि अपमानजनक अभिव्यक्ति दिएको भन्दै हास्यकलाकारलाई भदौ २८ गते पक्राउ गरिएको थियो ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख गंगा पौडेलका अनुसार सिंह कोभिड–१९ सङ्क्रमित भएपछि धरौटीमा रिहा भएका हुन् ।

उनी कोभिड संक्रमित भएकाले प्रहरीसँगको परामर्शमा धरौटीमा रिहा भएको पौडेलले बताए । सिंहलाई जिल्ला प्रहरी परिसर टेकुको हिरासतमा राखिए पनि बिरामी भएपछि मंगलबार वीर अस्पतालमा भर्ना गरिएको थियो ।

बुधबार मात्र अदालतले हास्यकलाकार सिंहलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो ।

Share post:

Recent