कीर्तिपुरमा लोन सार्क पीडितमाथि प्रहरीले कारवाही गरेको छ ।

सोमबार पनि आन्दोलनलाई निरन्तरता दिँदै पीडितहरुले प्लेकार्ड बोकेर धर्ना दिएर माइतीघरतर्फ र्‍याली गरेका थिए । उनीहरुलाई प्रहरीले कीर्तिपुर गेट नजिकै रोकेको थियो ।

तराईका विभिन्न जिल्लाबाट ऋण सार्क पीडितहरु आफूमाथि भएको आर्थिक अपराधको न्याय माग्दै काठमाडौं आएका छन् ।

प्रहरीको झडपमा चारदेखि पाँच जना किसान र युवा घाइते भएको बताइएको छ । प्रहरी वृत्त कीर्तिपुरमा करिब २० प्रदर्शनकारीलाई नियन्त्रणमा लिइएको डिएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए ।

सोमबार पनि आन्दोलनलाई निरन्तरता दिँदै पीडितहरुले प्लेकार्ड बोकेर धर्ना दिएर माइतीघरतर्फ र्‍याली गरेका थिए । उनीहरुलाई प्रहरीले कीर्तिपुर गेट नजिकै रोकेको थियो ।

६० भन्दा बढी पीडित विगत ४१ दिनदेखि माइतीघरमा लगातार प्रदर्शन गर्दै कीर्तिपुरमा अस्थायी बसोबास गर्दै आएका छन् ।

Share post:

Recent