नेशनल सेलिब्रेटी अवार्ड २०२२ को आवेदन फारम खुल्ला

काठमाडौं। साहित्य सरोवर मिडिया प्रा ली र न्यु अञ्जना डिजिटल म्युजिक प्रा लीको संयुक्त प्रस्तुति मा नेशनल सेलिब्रेटी अवार्ड २०२२ हुने भएको छ । अवार्डको पहिलो संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक संस्थाद्धारा जारी विज्ञप्तीमा जनाइएको छ । नेशनल सेलिब्रेटी अवार्ड २०२२ मा सहभागी हुन २०७९ कार्तिक मसान्तसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक जस बहादुर याक्खा ले जानकारी दिनुभयो । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड का निर्देशक अर्जुन पन्तले जानकारी दिए। ‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको नेशनल सेलिब्रेटी अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने सदस्य सचिव रोशन पोखरेल ले बताएका छन्। सष्ट्रा र सँस्कृतिको संरक्षणको लागी निरन्तर रुपमा आयोजक सस्था लागी परेको सस्थाका अध्यक्ष सन्तोष कटवालले जानकारी दिएका छन्। नेशनल सेलिब्रेटी अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पुर्याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । गीत संगीतको क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ । अवार्डको आवेदन फारम अनलाइनबाट समेत भर्न सकिने आयोजक सस्थाले बताएको छ ।

Share post:

Recent