समानुपातिक सांसदमा युवा नेतृ जुनु पोखरेल सिफारिस

काठमाडौं। मोरङ जिल्लाको क्षेत्र नं. ५ को समानुपातिक सांसदमा युवा नेतृ जुनु पोखरेल सिफारिस भएकी छन्। नेकपा एकीकृत समाजवादी पार्टीले उनलाई प्रदेशको समानुपातिक सांसदमा सिफारिस गरेको हो। जिल्लाको क्षेत्र नं। ५ को ‘क’ मा उनी सिफारिस भएकी हुन्। युवा संघ मोरङको कोषाध्यक्षसमेत रहेकी उनी नेपाल ब्रेकिङ एण्ड डान्स स्पोर्टसको मोरङ जिल्ला अध्यक्ष हुन्। लियो डिष्ट्रिक्टको पास्ट रिजन कोअर्डिनेटर भएर काम गरिसकेकी पोखरेल युथ इम्प्लोइमेन्ट सेन्टरको सञ्चालक हुन्। राजनीतिमा युवाहरुको आकर्षण बढिरहेको र चुनावमा पार्टीले युवालाई प्राथमिकता दिएको भन्दै उनले खुसी व्यक्त गरेकी छन्। ‘अब राजनीतिमा युवाहरुको सक्रियता बढाउनुपर्छ,’ उनले भनिन्, ‘प्राप्त हुने अवसरमा पनि युवाहरु अग्रसर हुन जरुरी छ।’

Share post:

Recent