काठमाडौं। २५ बर्षीय ऐश्वर्या श्रेष्ठले मिस ग्रान्ड नेपाल २०२२ को उपाधि जितेकी छिन्। फस्ट रनरअप वर्षा भडारी र दोस्रो रनरअप रक्षा उप्रेती भएका छन्। श्रेष्ठले मिस ग्रान्ड इन्टरनेशनलको दशौं संस्करणमा नेपालको प्रतिनिधित्व गर्दैछिन्। कार्यक्रममा अभिनेता तथा मोडल अनुप विक्रम शाही, र्यापर आशिष राना ९लाउरे०, मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, छिरिङ वाङ्दी, सुरेश तामाङ र निशु झा निर्णायक थिए। अन्तर्राष्ट्रिय प्रतियोगिताले विश्वभर शान्ति निर्माण र युद्ध र हिंसाको अन्त्यका लागि वकालत गर्ने आश्वासन दिन्छ। मिस पपुलर तन्नु शाक्यले, मिस पर्सनालिटी वर्षा भण्डारी, मिस बेस्ट इन स्विमसुट वर्षा भण्डारी, मिस कन्फिडेन्स समना कार्की, मिस फोटोजेनिक स्वस्तिका मगर र मिस कन्जेनियालिटी सुदेष्णा महर्जनले जितेका छन्। कार्यक्रमको कोरियोग्राफी सुजित बस्यालले गरेका थिए।कार्यक्रमको संचालन पूर्व मिस ग्रान्ड उरुषा जोशीले गरेकी थिइन्।